काठमाडौं / बलिउड अभिनेता ऋतिक रोशनले दोस्रो विवाह गर्ने भएका छन् । उनी आफ्नी प्रेमिका सबा आजादसँग विवाह बन्धनमा बाँधिने भएका हुन ।

ऋतिक सबासँगको सम्बन्धलाई लिएर गम्भीर भएको बलिउड लाइफले जनाएको छ । प्रेममा रहेका उनीहरू अहिले एकअर्कालाई चिन्नका लागि धेरै समय सँगै बिताउने गरेका छन् ।

OM Sai Pathibhara Hospital

ऋतिक र सबाको प्रेम सम्बन्ध ट्विटरबाट सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू दुई/तीन महिनादेखि डेट गरिरहेका छन् ।

ऋतिकले सबाको एक भिडियो ट्विटरमा सेयर गरेपछि उनीहरूको मित्रता सुरु भएको हो । ऋतिककी पूर्वपत्नी सुजैन खानको सबासँग राम्रो सम्बन्ध रहेको छ ।