काठमाडौं / प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेताहरू पुनः बालकोट पुगेका छन् । एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका प्रधानमन्त्री देउवा शनिबार बालकोट पुगेका हुन् ।

देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेर आग्रह गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

शुक्रबार पनि कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो । यद्यपि छलफल निष्कर्षमा भने पुग्न सकेन ।

पाँचदलीय गठबन्धनले एमसीसी पारित गर्नका लागि सहमति नजुटेपछि उहाँ प्रमुख प्रतिपक्षलाई समर्थनका लागि आग्रह गरिरहनुभएको छ ।