बिर्तामोड / चलचित्र निर्माता तथा निर्देशक सुर्दशन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले बानेश्वर प्रहरी वृत्तमा लगेको हो । अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।