काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान रहेको थियो ।

नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो । टी–ट्वान्टीको वरीयतामा भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन् ।

OM Sai Pathibhara Hospital

एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।