काठमाडौं / शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् ।

शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकणेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरूले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताएका हुन्।

OM Sai Pathibhara Hospital

मन्त्री पौडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताएका छन् । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गरेका छन्।

नेता पौडेलले जनयुद्धमा सहिद भएकाहरूलाई आतकंकारी आन्दोलनको रूपमा परिभाषित गरेर अपमानित गर्न खोजिएको आरोप लगाए । सहिद र सहिद परिवारले गरेको त्याग उत्सर्गकै कारण राजतन्त्रको अन्त्य गरी मुलुक सघींय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाइ थियो ।