काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीका बिषयमा आफूहरु तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि बताएका छन् । ओलीले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारवाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उल्लेख गरेका छन् ।

उनले प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसदमा निर्णयार्थ प्रस्तुत नहुने दावी पनि गरे । उनले गठबन्धनको ध्येय न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउनु मात्र रहेको उल्लेख गरेका छन् ।