काठमाडौं / गण्डकी प्रदेशसभाको बैठक फागुन २६ गते बस्ने भएको छ । असोज ५ गते स्थगित भएको बैठक फागुन २६ गते बस्न लागेको हो ।

करिब पाँच महिनाअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक गत असोज ५ गते पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

OM Sai Pathibhara Hospital

अब बस्ने बैठकमा सरकारले खानेपानी, सिंचाइ र सूचनाको हक सम्बन्धी विधेयक सहित चार वटा विधेयक पेस गर्ने तयारी गरेको छ ।