काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ । एमसीसीसँगको सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् ।

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट सहयोग प्राप्त नहुने भएपछि देउवाले एमालेको साथ खोजेका छन् । शुक्रबार राति पनि एमाले अध्यक्षसहित एमाले नताहरुकसँगको छलफलका लागि देउवासहित कांग्रेस नताहरु बालकोट पुगेका थिए ।

OM Sai Pathibhara Hospital

बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ ।