काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । आज बस्ने जसपाको बैठकमा एमसीसीको सम्झौतापत्रबारे छलफल हुनेछ ।

जसपाका नेताहरुलाई शुक्रबारको बैठकमा एमसीसी सम्झौता पत्र वितरण गरिएको थियो । उक्त सम्झौता पत्रबारे शनिबार (आज) छलफल हुने नेता ईस्तियाक राईले जानकारी दिए । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको थियो । त्यसका लागि आज मध्यान्ह १२ बजेका लागि बैठक राखिएको हो ।

OM Sai Pathibhara Hospital

यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ । बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको छ ।