काठमाडौं  / नाबालिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।

बुधबार एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दिएसँगै शुक्रबार प्रहरी प्रधान कार्यालयले शाहलाई जतिसक्दो चाँडो पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।

OM Sai Pathibhara Hospital

शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय रहेको बताइएको छ।

अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित र मौखिक दुबै अनुरोध पठाएको छ ।