काठमाडौं / अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको छ।

शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर गृहकार्यका नपुगेको भन्दै समय मागेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

OM Sai Pathibhara Hospital

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि तय भएको थियो। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर शुक्रबारको लागि तोकिएको भए पनि आज पनि अन्तिम समयमा आएर सारिएको हो।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन गर्ने बताइएको थियो।