बिर्तामोड  / आज देशभर थप २ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ८ हजार ६ सय २८ वटा नमूना परीक्षण गरिएकोमा २ सय ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर ९ लाख ७६ हजार ६ सय ७० जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ ।

OM Sai Pathibhara Hospital

कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ४ सय ९३ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।

देशभर ९ हजार २ सय ८० जना कोरोनाका सक्रिय संक्रमित छन् ।