काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले शुक्रबार आयोगको कार्यालय पुगेर दल दर्ता गराएको हो । 

OM Sai Pathibhara Hospital

दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली आयोगको कार्यालय पुगेको थियो । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले एमाले चुनावको तयारीमा जुटेको बताए । 

अहिले सरकार परिवर्तन गर्नुपर्ने पक्षमा आफूहरू नरहेको पनि उनले बताए । संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसी लगायत विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक गराउने उनले बताए ।