काठमाडौँ / आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ । छलफलका लागि हिजो बिहीबार नै बैठक बोलाइएकोमा राजनीतिक सहमति जुट्न नसक्दा बैठक आजका लागि सारिएको थियो ।

आज १ बजे बस्ने बैठकमा एमसीसी सम्झौताबारे छलफल अघि बढ्ने आकलन गरिएको छ । तर त्यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच सहमतिको प्रयास जारी रहेको बताइएको छ । 

OM Sai Pathibhara Hospital

सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा रहेका छन् । उनीहरुको सहमतिविना या एमालेको समर्थनविना कांग्रेस एक्लैले एमसीसी पास गर्न सक्दैन ।

सहमति वा समर्थन जुटाउन बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा व्यस्त थिए । उनले सत्तारुढ दलकै मूख्य नेताहरू र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु समर्थनका लागि प्रयास जारी राखेका छन् ।