काठमाडौं / प्रतिनिधिसभाको (भोलि)शुक्रबार बस्ने बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उल्लेख रहेको छ ।

OM Sai Pathibhara Hospital

प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने सम्भावित कार्यसूची छ । यद्यपि बिहीबार तोकिएको बैठकमा भने अर्थमन्त्री शर्मा सहभागी नहुने जनाएका थिए । एमसीसी प्रस्ताव टेबल गर्ने समयमा पनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित रहेका थिएनन्।

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिएका छन् ।