काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ ।

 मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो ।

OM Sai Pathibhara Hospital

५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ६७८ सक्रिय संक्रमित छन् । जस मध्‍ये ९ हजार ४०६ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।