काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवनमै छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक स्थगित भएपछि देउवा र ओली छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार बानेश्वरस्थित संसद् भवनमा अहिले प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको छ। संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

OM Sai Pathibhara Hospital

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मसीसीसँगको सम्झौता संसद्‌बाट पारित गराउन सहयोग गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले एमाले सांसद्‌सँग छलफल चलाएका हुन् ।