काठमाडौं / बलात्कार आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले आफुलाई फसाउन नियोजित ढङ्गले सड्यन्त्र गरीएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले बिहीबार बिहान आफ्नो फेसबुक आइडीमार्फत अडिओ ‘प्रमाण’सहित आफू निर्दोष भएको पनि जिकिर गरेका छन् ।

OM Sai Pathibhara Hospital

कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।