काठमाडौं / नायक पल शाहले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।

एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सञ्जालमार्फत आफू माथि नियोजित र षड्यन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

OM Sai Pathibhara Hospital

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षड्यन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईँलाई समेत मुछेका छन् । उनले उनीहरूको अडियो क्लिपसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् ।