झापा / अभिनेता  पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ ।

१७ वर्षीया एक गाइकाले आज (बुधबार) शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता गराएकी हुन् ।  

OM Sai Pathibhara Hospital

शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको स्रोतले जनाएको छ ।

ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।

तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको बताइएको छ 

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । 

उक्त दफाले कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।