बिर्तामोड / आज देशभर थप ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कोरोनाकै कारण एक दिनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।