काठमाडौं  / सरकारले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका तीन जना नेताहरूको सुरक्षा बढाएको छ ।

गृह मन्त्रालयले कांग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको हो ।

OM Sai Pathibhara Hospital

पछिल्लो समय थापा, कार्की र महतले  एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले उनीहरूमाथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।

एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताकार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।