काठमाडौं/  नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो ।

OM Sai Pathibhara Hospital

यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गर्ने भएका छन् भने भारतीय टोलीको नेतृत्त त्यहाँका ऊर्जा सचिव आलोककुमारले गर्ने छन् ।  आज सहसचिवस्तरीय समितिले एजेण्डा तय गरी भोलि सचिवस्तरीय बैठक बस्ने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८ सय ५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ ।