काठमाडौं  / नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २२५ पीसीआर परीक्षणका क्रममा २४७ जना र २ हजार ९१५ एन्टिजेन परीक्षणका क्रममा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९२५ जनाको मृत्यु भएको छ । त्यस्तै थप १२०५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन् ।
हाल नेपालमा ११ हजार २८२ सक्रिय संक्रमित आइसोलेसन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।