बिर्तामोड / अभिनेता रामचरण सहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउने भएको छ । विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानकारी दिए । साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकनका आउन लागेको हो ।

चलचित्रको छायांकन काठमाडौं, मनाङ र मुस्ताङमा गरिने जनाइएको छ । चलचित्रको छायांकन भने अप्रिलदेखि गर्ने निर्माणपक्षले जानकारी दिएको आचार्यले बताए ।

OM Sai Pathibhara Hospital

तीन/चार महिनाअघि नै नेपालमा रामचरणको चलचित्र छायांकन गरिने भनिएपनि हिउँ परेका कारण रोकिएको बताइएको छ ।