एजेन्सी / सुन्दा अचम्म लाग्न सक्छ अमेरिकाकी एक मोडलको दाँतको मूल्य उनका एकजना प्रशंसकले एउटा २४ लाख तोकेका छन् ।

एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए । बेलायती पत्रिका ‘डेली स्टार’ का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे ।

OM Sai Pathibhara Hospital

उनले एलीको एउटा दाँतको मूल्य २४ लाख तोके । त्यतिमात्रै नभई दाँत झिक्नका लागि र अर्को नयाँ दाँत बनाउन पनि ती व्यक्ति सबै खर्च समेत व्यहोर्ने राजी भए । आफ्नो प्रशंसकको यो कुरा सुनेपछि एली स्तब्ध भइन र उनले यो प्रस्तावलाई तुरुन्तै अस्वीकार गरिन् । तर पनि ती प्रशंसको अगाडि भने उनले हाँसेरै व्यवहार गरिन् ।

१५ वर्षसम्म नर्सको काम गरेकी एलीले आफ्ना श्रीमानसँग एडल्ट कन्टेन्टमा पनि सुटिङ गर्ने गरेकी छिन् । एलीले केही वर्षदेखि नयाँ पेसा छानेकी हुन् । उनले महिनाको लाखौ रुपैयाँ कमाउने गरेकी छिन् ।