काठमाडौं /  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गरिएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री देउवाले सम्झौंता अब पारित हुने बताएका हुन् । 

सत्ताघटकका नेताहरुले नै विरोध गरिरहेका बेला संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीहरुलाई उनले ‘एमसीसी अब पास हुन्छ,’ भनेका हुन् । यसअघि बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सदनमा टेबल गरेका थिए ।

OM Sai Pathibhara Hospital

सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको बताएका छन् । संसद बैठकपछि नेपालले आफ्नो पार्टीले एमसिसी पारित गर्ने निर्णय नगरेको भन्दै टेबल गर्न मात्रै दिइएको जिकीर गरे ।

सोही पार्टीका अर्का नेता झलनाथ खनालले भने एमसिसीले देश नै विभाजित भएको भन्दै आफ्नो विरोध रहेको उल्लेख गरेका छन् ।