काठमाडौंएमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे । एमालेसँगै  सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका केही सांसदहरूले पनि उठेर नाराबाजी गरे । सत्ता गठबन्धनको आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकमा एमसिसी संसद्‍मा पेस गर्ने सहमति भएको थियो ।