बिर्तामोड / नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले सबै प्रदेश सरकार खारेज गर्न माग गरेका छन ।

संविधान सभाका सदस्य समेत रहेका अध्यक्ष कार्कीले प्रदेश सरकार खर्चको काल मात्र भएको भन्दै केन्द्र र स्थानीय तह भए नेपालमा काफी हुने उनको तर्क रहेको छ ।

OM Sai Pathibhara Hospital

प्रदेश  सरकारको कामै नभएको भन्दै अध्यक्ष कार्कीले समन्वयका लागि ७ सदस्यीय इकाई बनाइदिए प्रदेशमा परेका समस्या हेर्न सक्ने उनको भनाइ छ । आवश्यक परेको खण्डमा समन्वय इकाईका लागि सरकारले ७ जनालाई नियुक्त गर्न सक्ने उनले बताए ।

प्रदेश सरकार व्यवहारमा चाहिन्छ जस्तो देखिदैन अध्यक्ष कार्कीले भने । यो खर्चको काल मात्र भएको र प्रदेश सरकारलाई दिइने बजेट त्यो सिधै स्थानीय तहमा पठाईदिए कति विकास हुन्छ भन्दै प्रश्नसमेत गरेका छन ।

एक नम्बर प्रदेशको उदाहरण दिँदै उनले भने , प्रदेश १ मा ७ वटा मन्त्रालयले चल्दै थियो । अहिले भागबन्डामा १४ भयो । भागबन्डामा १४ मन्त्रालय भएसँगै १४ गाडी ,१४ क्वाटर, १४ सेक्युरिटी, १४ सचिवालय कहाँ पुग्छ स्थिति त्यसकारण यसको कामै छैन । अब प्रदेश सरकार खारेज गर्नुपर्छ ।

पछिल्लो समय राजनीतिमा युवाको वितृष्णा भएको बताउँदै नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले राजनीतिमा युवाको सक्रिय सहभागिता आवश्यक भएको समेत बताएका छन् ।