काठमाडौं  / नेपालका  ६० प्रतिशत भन्दा धेरैले नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा धेरैले नागरिकले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् । 

वि स २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेकोमा त्यसको ६० दशमलव चार प्रतिशत अर्थात एक करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै कुल जनसङ्ख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा खोप लगाएका र यस अघिको विवरण प्राप्त भएको समेत गरी थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।