काठमाडौं / एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

एमसीसी संसद्‌मा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलबीच अझै मतभेद कायम छ । एमसीसीमा उपयुक्त विकल्प खोज्ने आजको बैठकबाट प्रयास गरिने बताइएको छ ।

OM Sai Pathibhara Hospital

सत्ता गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन यसअघि पटक – पटक छलफल भएपनि निष्कर्षविहीन भएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए । त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।