बिर्तामोड / नेकपा एकीकृत समाजवादी बिर्तामोड ७ को वडा भेलाले अनिता पौडेल खत्रीको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ ।

जसमा उपाध्यक्षहरू महानन्द भण्डारी, महेश मालपाडिया, गङ्गा कार्की, सचिव उर्मिला खरेल, उपसचिव कल्पना भट्टराई चयन भएका छन् ।

OM Sai Pathibhara Hospital

बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य पुष्प पोखरेलले केपी ओलीले पार्टी राजा ज्ञानेन्द्रलाई बुजाउन लागेपछि पार्टी बचाउन विद्रोह गर्नु परेको बताए ।
पार्टी प्रदेश कमिटी सदस्य विमल उप्रेती र प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले भेलालाई सम्बोधन गर्दै महिला नेतृत्वलाई वडाको जिम्मेवारी दिएको बताए । जुन कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिबमा महिलालाई नै जिम्मेवारी प्रदान गरेको नगर सचिव कृष्ण बिष्टले जानकारी दिए ।