काठमाडौँ / राप्रपा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरूले बाटो बिराएको र धेरै गल्ती गरेको बताएका हुन् ।

पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरू गर्नु र पटक पटक सरकारमा जानु गल्ती भएको उनको भनाइ रहेको छ ।

OM Sai Pathibhara Hospital

पाँच वर्षको अलमलमा हामीले राप्रपा नेपालको नाम गुमायौ, लोकप्रिय चुनाव चिह्न गाई गुमायौ’ उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौ ।’