काठमाडौँ  / विश्वभर कोरोना सङ्क्रमितको संख्या ४१ करोड ९९ लाख ६८ हजार पुगेको छ । जसमध्ये सात करोड २८ लाखभन्दा बढी सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १९ लाख ९२ हजार संक्रमित भएका छन् । संक्रमित मध्ये सबैभन्दा धेरै जर्मनीमा २ लाख २७ हजारजना रहेका छन् । यस्तै‚ रसियामा १ लाख ८० हजार‚ ब्रजिलमा १ लाख २९ हजार‚ फ्रान्समा ९२ हजार, टर्कीमा ९२ हजार, अमेरिकामा ८५ हजार, इटालीमा ५७ हजार, बेलायतमा ५१ हजार र भारतमा २४ हजार संक्रमित थपिएका छन् ।

OM Sai Pathibhara Hospital

यसैबीच सोही अवधिमा १० हजार ६०० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमध्ये अमेरिकामा १ हजार ७००, ब्रजिलमा ११ हजार, रसियामा ७०० र भारतमा ४०० रहेका छन् । विश्वभर ३४ करोड ११ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन् ।