काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आज गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज विहान १० बजेका लागि बैठक बोलाएका हुन् ।

यसअघि बिहीबारको बैठकमा एमसीसीका विषयमा सहमति जुट्न सकेको थिएन । बैठकमा सहमति नजुटेपछि पुनः छलफल गर्ने भन्दै नेताहरू बैठकबाट बाहिरिएका थिए ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री देउवा एमसीसी संसदबाट पारित गराउने पक्षमा छन् । नेकपा माओवादी केन्द्र र नेकपा एस त्यसको विपक्षमा रहेका छन ।