काठमाडौं / नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ ।

विहीबार अनेरास्ववियुले झापा जिल्लास्थित गिरीबन्धु टी–स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० विघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन भूमिव्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गरेको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमिता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन् । त्यस्तै भिजिट नेपाल २०२० मा विदेशीहरुलाई व्यापक रुपमा भित्र्याउने उदेश्यले प्रचार प्रसारका लागि राज्यकोषको करौडौको रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गरिएको उनले बताएका हुन् ।

अनेरास्ववियुका तर्फबाट बागमति प्रदेश कमिटी संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।