काठमाडौं / बलिउड सुपरस्टार सलमान खानको केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि सलमानसहित बलिउड कलाकारहरू नेपाल आउने पक्का भएको छन् ।

लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडिसीले रकम समेत भारत पठाइसकेको थियो । 

OM Sai Pathibhara Hospital

सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ । वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ ।

उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछन्