काठमाडौं  / नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १५ गते चुनाव हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार यसअघि फागुन १३ गते गर्ने भनिएको अधिवेशन दुई दिनपछि गर्ने निर्णय गरेको हो।

निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन चलिरहेको, १३ गते महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन दुई दिन पर सारिएको बताएका छन् । उनका अनुसार अधिवेशन हुन बाँकी वडा र पालिकाको चुनाव फागुन १० गतेसम्म गरिसक्ने निर्णय पनि भएको छ।

OM Sai Pathibhara Hospital

मधेश प्रदेशका ८ जिल्लासँगै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला कार्यसमिति चयन गर्न बाँकी छ।