काठमाडौं / एमसीसी सम्झौता अनुमोदनका लागि सदनमा लैजाने निर्णय गर्न आज( बिहिवार) मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि लैजान विषयमा निर्णय गर्ने बुझिएको हो ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको थियो । तर, त्यो भन्दा पहिला मन्त्रिपरिषदको बैठक बस्ने भनि प्रधानमन्त्री देउवाले समय मागेपछि सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजेका लागि सारिएको छ ।