झापा / बिर्तामोडमा सी एफ एन कफन पूर्वाञ्चल डिभिजन कार्यलयको उद्घाटन गरिएको छ । राजसंस्था, साम्यवाद र नेपाल एकीकरण जस्ता नाराका साथमा अगि बढेको विद्रोही सङ्गठनले अहिलेका दर्ता गरेका गणतान्त्रिक पार्टी मासेर   एक दलीय कफन राज्य सत्ताले राजा घोषण गर्ने छ र राजाले चुनाब आव्हान गरे पछि मात्र संगठन दर्ता गर्ने कफन पूर्वाञ्चल डिभिजनमा प्रमुख बृज किशोर ठाकुरले बताए । बुधबार सम्पन्न कार्यक्रममा सङ्गठनकी   मेची अञ्चलकी संयोजक लिला राईले स्वागत गरेकी थिइन । कोसी अञ्चल संयोजक गणेश दाहालले सञ्चालन गरेको कार्यक्रममा १५० मनिसको सहभागिता रहेको थियो ।