काठमाडौं / सत्तारुढ गठबन्धन दलको ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको हो । 

OM Sai Pathibhara Hospital

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेरमात्र अगाडि बढाउने अडानमा छन् । प्रधानमन्त्रीले जबरजस्ती एमसीसी सम्झौतालाई टेबल गरिएमा सरकार छाड्ने माओवादीले चेतावनी दिएको छ ।