बिर्तामोड / वाइसिएल झापा र  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एमसीसी विरुद्ध आज बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसीसी टेबल गर्ने राष्ट्रघाती कदम विरुद्ध वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी) ले प्रदर्शन गरेको वाइसिएल झापा इन्चार्ज कुमार आचार्यले बताएका हुन् । 

प्लेकार्डसहित बिर्तामोडमा भेला भएका विद्यार्थी र बाइसिएलका नेता तथा कार्यकर्ताले नारासहित मुक्तिचोकमा र्याली गरेका थिए । उनीहरूले एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी चाइदैन, देश बेच्न पाइदैन, लगायतका नारासहित बिर्तामोड मुक्तिचोकको  परिक्रमामा गरेका थिए । 

OM Sai Pathibhara Hospital

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु), अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश नं. १ की उपाध्यक्ष मनिषा आचार्य लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए भने सञ्चालन अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले गरेका हुन् । 

विरोध प्रदर्शन कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय) प्रदेश सदस्य बोधराज दाहाल असिम, डिल्ली घिमिरे हिक्मत, कुवेर श्रेष्ठ अरुण, ज्योतिसिंह दर्लामी, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य मदन खड्का, लगायतको उपस्थिति रहेको थियो ।