काठमाडौं /  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अबको संसद बैठकमा एमसीसी टेबुल गर्ने गरी दलहरुसँग छलफललाई तीव्र बनाउने बताएका छन् । उनले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका हुन् ।

संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै बडुले भने, ‘ दलहरुका लागि केहि समय चाहिन्छ भनेपछि थप सहमति जुटाएर अबको संसद बैठकमा एमसीसी टेबल हुन्छ । ६ गते संसदमा टेबल गर्ने पर्यत्न गर्छौं । दुई दिनको समय पर्याप्त हुन्छ । यो समयको उपयोग गर्छौं । ’

OM Sai Pathibhara Hospital

उनले भने,‘संसदमा एमसीसी टेबल हुनुपर्छ । सदनमा प्रवेश गराउनुपर्छ । संसद सार्वभौम हो ।यसलाई संसदमा टेबुल गराउने हाम्रो उद्देश्य हो ।’