काठमाडौं / प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्‍मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेश तथा शोक प्रस्ताव पारित गर्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।

सापकोटाले अर्को बैठक फागुन ६ गते एक बजे बस्ने जानकारी गराए । अर्को बैठकमा एमसीसी टेबल हुने सम्भावना छ ।