बिर्तामोड / नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मंगलबार झापा बिर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई पक्राउ गरेको छ । उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणलाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेकाले नियन्त्रणमा लिएको व्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए ।

केही दिन अघिमात्रै गृह मन्त्रालयले यस्ता प्रयाङ्क भिडियो नबनाउन र बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो । पक्राउ परेका सेडाईले नेपाली प्रयाङ्कस्टार नामक युट्युबमा भिडियो अपलोड गर्दै आएका थिए ।

OM Sai Pathibhara Hospital

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।