काठमाडौं / प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठक बस्नुअघि संसद बैठकका कार्यसूचीबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले भने बैठकमा उपस्थित भएको छैन् ।

OM Sai Pathibhara Hospital

संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ । आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ ।