काठमाडौँ / नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यथास्थितिमा एमसीसी परियोजना अनुमोदन गर्न नसकिने निर्णय गरेको हो ।

सरकारले जबरजस्ती अघि बढाए विपक्षमा मतदान गर्ने र सत्तारुढ गठबन्धन तोडिने चेतावनी माओवादी केन्द्रले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सरकारले आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेका बेला माओवादी निर्णय आएको हो । राष्ट्रिय सहमति नजुटी एमसिसी अगाडि बढ्न नसक्ने उनले बताएका छन् । सदन सुचारु नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीले बताएको छ ।