काठमाडौं / प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई पदबाट राजीनामा दिन मागेको छ । मंगलबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर मन्त्री खतिवडालाई पदबाट राजीनामा दिन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’ मन्त्री खतिवडाले केही दिनअघिको एउटा अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आफूले पाँच हजार तिरेर पहिलो खोप लगाएको भनेका थिए ।

OM Sai Pathibhara Hospital

मन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण रहेको जारी विज्ञप्तिमा भनिएको छ । ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर उनले खोप लगाउनुका साथै हस्ताक्षर समेत गरेका छन् ।