काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् । नेता कोइरालाले एमसीसीको रुपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए ।