काठमाडौँ / सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताइएको छ।

OM Sai Pathibhara Hospital

आज नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने बताइएको छ। आसन्न स्थानीय तह निर्वाचन, महाभियोग प्रस्ताव र एमसीसीलगायत विषयमा पनि छलफल हुनेछ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।